लक्ष्मी आदर्शको दोस्रो म्याराथन दौडमा रोहन र सृष्टि प्रथम
पाेखरा | असोज १५, २०७९
पोखरा : पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी आदर्श यूवा क्लवले दोस्रो म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा पुरुष तर्फ रोहन गुरुङ्ग १५.४० मिनेट निर्धारीत दुरि पार गरि प्रथम, अनिल गुरुङ्गले १६.२७ मिनेट र कविर पौडेल १६.५६ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
महिला तर्फ सृष्टि रेग्मीले ३६.२८ निर्धारीत दुरि पार गरि प्रथम रुविना बास्तोलाले ३६.२९ मिनेट र सर्मिला कार्कीले ४३.५२ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन ।
रचित पौडेलको संयोजकत्वमा आयोजित दोस्रो म्याराथन दौड प्रतियोगितामा पुरुष र महिला गरि ४० प्रतियोगी सहभागि रहेका थिए ।
दोस्रो म्याराथन दौड प्रतियोगिता ४.३ कि.मि. कच्ची सडकमा गरिएको क्लवका अध्यक्ष निर्मान देवानले जानकारी दिएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

